arrow

कुमारी बैङ्क र लभ कुश इनोभेसनबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
kumari-bank-limited-logo.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडका क्रेडिट कार्ड वाहकहरूले अब लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामाग्रीहरू  खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सकिने बैङ्कले जनाएको छ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैङ्कले यस सहकार्य मार्फत लभ कुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्ड मार्फत गर्न मिल्ने प्रावधान गरेको हो।

कुमारी बैङ्कले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैङ्किङ इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ