arrow

न्यूयोर्कमा नयाँ वर्षको भव्य स्वागत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
gp-foundaition-2080.jpg

न्यूयोर्क। जीपी कोइराला फाउन्डेशनको आयोजनामा अमेरिकाको न्यूयोर्क ज्याक्सन हाइट्सस्थित जुइस् हलमा एक विशेष समारोह एवं सांगीतिक माहोलबीच  नयाँ वर्ष २०८० भव्यताका साथ मनाइएको छ । 

साँझ ६ बजेबाट पण्डित उद्दव शास्री र गुरु उर्गेन लामाले नयाँ वर्षको शुभकामना मन्त्र पढेर शुरु गरेको सो कार्यक्रममा सो क्षेत्रमा वसोवास गर्ने नेपाली समुदाय एवं न्यूयोर्क नेपाली संस्कृतिप्रति चासो राख्ने र माया गर्ने स्थानीय समाजसेवी एवं राजनैतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । 

विभिन्न नेपाली समुदायका प्रतिनिधित्व गर्ने सांस्कृतिक कार्यक्रमले माहोललाई गर्माएको थियो। सो अवसरमा बोल्दै अमेरिकी कंग्रेसकी कंग्रेस ओमेन ग्रेस मेगंले आफूलाई नेपाली समुदायको औधी माया लाग्ने र हर सुखदुःखमा साथ र सहयोग दिन तत्पर रहेकोबताउँदै फाउन्डेशनको गतिविधिप्रति बधाई एवं धन्यवाद व्यक्त गरिन् । 

प्रमुख अतिथि नेपाल सरकारको न्यूयोर्कस्थित कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै नेपाल र अमेरिका बीच घनिष्ठ पारस्परिक सम्बन्ध रहेको र जीपीके फाउण्डेशन अमेरिकाले सबै समुदायसँग हातेमालो गर्दै अत्यन्त प्रशंसनीय कार्य गरिरहेको र अमेरिकामा पनि समाजसेवामा समर्पित भई नेपाल र नेपालीलाई चिनाउन र अमेरिकी निर्वाचित पदाधिकारीहरू संघ, प्रदेश, नगर र स्थानीय तहमा एउटा पुलको भूमिका यस फाउण्डेशनले गरेको बताए । 

कार्यक्रममा न्यूयोर्क राज्यका कम्पट्रोलर थोमस बी। नापोलीले नयाँ वर्षको शुभकामना भिडियो सन्देश सुनाइएको थियो । त्यस्तै न्यूयोर्कका मेयर एरिक एडम्सको कार्यालयबाट साउथ एसियन्स कम्युनिटी अफेयर्सकी निर्देशक धनपथ शुकरानीले मेयर र आफ्नो व्यक्तिगत तर्फबाट नयाँ वर्षको शुभकामना व्यक्त गर्दै फाउण्डेशनको प्रगतिको कामना गरिन् । 

त्यसैगरी न्यूयोर्क सिटी मेयर ह्युमन राइट्स कमिशन अफिसकै फ्लोरा फेङले शुभकामना दिँदै कुनै पनि मानव अधिकारको उल्लङ्घन भएको छ भने आफूहरुलाई तुरुन्तै सम्पर्क गर्न आव्हान गरिन् । 

यसैगरी न्युयोर्क राज्य सिनेटर जोन लूले आफूलाई फाउन्डेशन र नेपालीबीच भेटघाट गर्न पाउँदा आफ्नै घर आएको महसुस भएको बताउँदै नेपाल र नेपालीको नव वर्षले उन्नति र प्रगति गरोस् भनी शुभकामना व्यक्त गरे । 

यसैगरी न्यूयोर्क राज्यका अर्का सेनेटर माइकल जियानारिसले कोरोना कहरका बेला फाउण्डेशनले खेलेको भूमिकाको खुलेर प्रसंसा गरे न्यूयोर्क राज्यकी प्रदेशसभा सदस्य जेनिफर राजकुमारले शुभकामना व्यक्त गर्दै नेपाली समुदाय न्यूयोर्कमा मानवीय सहयोग एवं समुदायको हकहितमा अग्रणी मोर्चामा रहेकोमा आफूलाई गर्व लागेको बताउँदै आफ्नो पहलमा न्यूयोर्क राज्यमा सगरमाथा दिवस र दिवाली बिदा दिनेजस्ता विशेष कार्यहरू सम्पन्न भएकोमा बधाईसमेत दिइन् ।

यसैगरी न्यूयोर्क राज्यकी प्रदेशसभा सदस्य जेसिका गोन्जालेज रोहासले जीपी कोईराला फाउन्डेशनको उच्च प्रशंसा गर्दै नेपाल र नेपालीको नव वर्षमा विशेष प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दै फाउण्डेशनलाई सम्मान पत्रले सम्मान गरिन् ।

यसैगरी न्यूयोर्क सिटी काउन्सिल ओमेन जुली वांनले नयाँ वर्षको शुभकामना दिँदै आफू सदा नेपाली समुदायको साथ र सहयोगमा लागि पर्ने वचनवद्धता प्रकट गरे । 

यसैगरी न्यूयोर्क राज्यका नव निर्वाचित प्रदेश सभा सदस्य स्टेभेन रागाले शुभकामना व्यक्त गर्दै आफूले पछिल्ला वर्षहरूमा फाउन्डेशनको गतिविधि नजिकबाट हेर्ने र सँगै काम गरेको र अत्यन्त सराहनीय कार्य गरेकोमा उच्च प्रशंसा गरे । 

करिब ३ घन्टा सांगीतिक माहोलसहित संचालित सो कार्यक्रम फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले संचालन गरेका थिए । उक्त कार्यक्रममा बालकलाकारहरु क्रमशः नुयोङ राई, ओजा गुरुङ, श्रेया गौतम, स्वेरा कार्की, देचेन शेर्पा, एन्जेला साह र पेमा शेर्पा को नेपाली एंव मैथिली नृत्य उत्कृष्ट रहेको थियो र यी नृत्यका कोरियोग्राफर वरिष्ठ नृत्य निर्देशक गोविन्द राई थिए भने हाँस्यकलाकार महादेव त्रिपाठी, १७ औं पटक गिनिज वर्ल्ड रेकर्ड विजेता दिनेश सुनार पार्कर, नेपाली लोक एवं आधुनिक गायक गायिकाहरूले आफ्नो कला प्रस्तुत गर्दै नव वर्षको माहोललाई रौनकता दिएका थिए । 

साथै फाउण्डेशनका अध्यक्ष घिमिरेले उपस्थित निर्वाचित पदाधिकारीहरुलाई सगरमाथा र लुम्बिनीको परिचय दिलाउने फोटो फ्रेममा उनीहरुकै आफ्नै फोटो राखेर नयाँ वर्षको उपहार स्वरुप प्रदान गरेका थिए । 

यसै कार्यक्रममा शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई। तेम्बा शेर्पा, तमु परिवार न्यूयोर्ककी अध्यक्ष मनिता गुरुङ, तामाङ समाज अमेरिकाकी अध्यक्ष बिनिता तामाङ, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष निशा सुनार, नेपाल भिजन अमेरिकाका अध्यक्ष मोहन श्रेष्ठ, यूएस क्लाईम्बर्स ऐसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पाहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

यसै कार्यक्रममा युनाइटेड किराँत राई अर्गनाईजेसन अमेरिकाका उपाध्यक्ष केशवराम राई, पर्वत समाज अमेरिकाका अध्यक्ष हेमन्त मल्ल, मोरङ समाज अमेरिकाका संयोजक विवेक पौडेल, एनआरएन अमेरिका सल्लाहाकार विरेन्द्रजंग केसी, एनआरएन अमेरिका न्यूयोर्कका वरिष्ठ उपाध्यक्ष शोभाकान्त पाण्डे, एनआरएन अमेरिकाका नेताद्वय दिनदयाल भण्डारी, बासु लामिछाने, नव नियुक्त कम्युनिटी बोर्ड ३ का सदस्य श्याम कार्की, समता ग्लोबलका वरिष्ठ उपाध्यक्ष एवं सेन्ट्रल नासो लाएन्स क्लव अध्यक्ष टिकाराज ढकाल, एनआरएन ए अमेरिकाका बार्ड अफ डाइरेक्टर विश्वराज बाँस्तोला, नारी एकताकी संयोजक शान्ति गुरुङ, समाजसेवी एवं सेन्ट्रल नासो लाएन्स क्लव उपाध्यक्ष शंकर भण्डारी, लंगआइलेण्ड नेपाली समाजका महासचिव एवं वरिष्ठ समाजसेवी बावुराम शर्मा, वरिष्ठ समाजसेवी आदित्य महर्जन, बिरेन्द्र मानन्धर, शान्ता रिसाल, वरिष्ठ नेपाली लोक गायक बिमल डाँगी, वरिष्ठ नेपाली लोक गायिका संगीता थापा र गायीका तथा मोडल बसन्ती राई, हेल्लो अमेरिका मिडियाका सम्पादक सम्राट कार्की लगायतको उपस्थिति रहेको थियो ।

फाउन्डेशनले आफ्ना आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै विभिन्न व्यक्ति एवं संस्थाहरूलाई प्रमुख अतिथि कार्यबाहक महावाणिज्यदुत विष्णुप्रसाद गौतम र न्यूयोर्क राज्यकी प्रदेशसभा सदस्य जेसिका गोन्जालेज रोहासद्वारा हस्तान्तरण एवं सम्मान पनि गरेको थियो । 

सो कार्यक्रममा विशेष खटिएर सम्पन्न गर्ने पदाधिकारीहरू उपाध्यक्ष्य सुवर्ण लामा, महासचिव छिरिङ राप्के लामा, प्रवक्ता एवं केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, केन्द्रीय सदस्यहरू क्रमशः सूर्य सिंखडा, प्रेम अधिकारी क्षेत्री, ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ एवं विशेष सहयोगी भावना सिंखडा र स्वयंसेवकहरू साङ तेम्बा शेर्पा, नगा नर्वु शेर्पा, ताशी शेर्पा, पासाङ शेर्पा, लाना टु, मेगडालिना कुलिजहरुको उच्च प्रशंसा गर्दै अध्यक्ष घिमिरेले हार्दिक धन्यवाद व्यक्त गरे ।

सो कार्यक्रममा खानाको प्रायोजन गर्ने कार्यसमिति सदस्य रेखा श्रेष्ठ एवं टेष्ट अफ नेपाल र डीजे। एलएस जाङबु शेर्पालाई विशेष धन्यवाद व्यक्त गर्दै अध्यक्ष घिमिरेले सबैको खटाइको कारणबाट यो कार्यक्रम सम्पन्न भएकोमा आफू हर्षविभोर भएको भन्दै नववर्ष २०८० को शुभकामना व्यक्त गरे । 

अन्त्यमा कार्यक्रममा उपस्थित सबैलाई फाउन्डेशन परिवारको तर्फबाट हार्दिक धन्यवाद दिँदै प्रवक्ता रामचन्द्र अधिकारीले नव वर्ष कविता वाचन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ