arrow

म्याक्रोनले गरे देशबासीका नाममा सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
macron-france.jpg

फ्रान्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशबासीका नाममा सम्बोधन गरेका छन् । म्याक्रोनले  विवादास्पद पेन्सन सुधारसम्बन्धी कानुनमा हस्ताक्षर गरेयता पहिलो पटक  देशबासीका नाममा सम्बोधन गरेका हुन् ।

संवैधानिक अदालतले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्‍याउने नियममा सहमति जनाएको केही घण्टापछि म्याक्रोनले शनिबार बिहान उक्त कानुनमा हस्ताक्षर गरेका थिए । 

तीन महिनाको विरोध प्रदर्शन र हडतालपछि, वामपन्थी दल र विभिन्न सङ्घ सङ्गठनहरूले हार नमान्ने वाचा गर्दै मे १ (श्रमिक दिवस) मा व्यापक विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

सर्वेक्षणहरूले अधिकांश फ्रान्सेलीहरू सुधारको विरोधमा भएको लगातार देखाइरहेका छन् । तर सरकारले विवादास्पद संयन्त्रको प्रयोग गरेर संसदमार्फत बिना मतदान पारित गर्न अनुमति यो विधेयक पारित गरेको थियो । 

यसैबीच, म्याक्रोनको आफ्नै व्यक्तिगत लोकप्रियता दरमा ह्रास आएको छ । केही विश्लेषकहरूले उनले सन् २०२७ को चुनावको लामो मार्गमा अति दक्षिणपन्थी नेता मारिन ले पेनलाई सफलताका लागि मार्ग प्रशस्त गरेको छन् । 

यस प्रक्रियामा रोमनहरूलाई परास्त गर्ने तर आफ्नो सेनाको सेनाको विनास भएको देखेका ग्रीक राजाको कार्यसँग तुलना गर्दै सञ्चारमाध्यमले यसलाई “पिरिक विजय“ को संज्ञा दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ