arrow

चितवनमा को-को खटिएका छन् कांग्रेस नेता ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
upanirwachan-2080a.jpg

चितवन ।  चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । 

यहाँ नेपाली कांग्रेसले उपनिर्वाचन लक्षित गर्दै विभिन्न नेताहरू खटिएका छन् ।  यस क्षेत्रमा कांग्रेसले आठ केन्द्रीय सदस्यसहितका प्रतिनिधिलाई जिल्लामा खटाएको छ ।  केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री, प्रदेश सांसद, पूर्व जिल्ला सभापतिलाई प्रतिनिधिका रूपमा खटाएको छ ।

कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उपनिर्वाचन लक्षित गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दुई पटक चितवन आएर फर्किएका छन् । उनी फेरि आउने कार्यक्रम छ भने आज अर्का महामन्त्री गगनकुमार थापा चितवन आउँदै छन् । सहमहामन्त्री बद्री पाण्डे कार्यक्रममा सहभागी भएर फर्किएका छन् । सहमहामन्त्री जीवन परियार आउँदै छन् ।

केन्द्रीय सदस्य मधु आचार्य, डिला सङ्ग्रौला, नैनसिंह महर, सरिता प्रसाईँ, दिलमान पाख्रिन, रामहरि खतिवडा, चिनकाजी श्रेष्ठ र अव्दुल सतार यहाँ खटिएका छन् । जिल्ला सभापति राजेश्वर खनालका अनुसार बाहिरी जिल्लाबाट आएकालाई सङ्गठित गर्ने काममा समेत केन्द्रीय नेता जुटेका छन् । 

केन्द्रीय नेता नै टोल–टोलमा पुगेर भोट माग्ने काममा खटिएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका अन्य घटक नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जिल्लाका नेता पनि चुनावी अभियानमा जुटेको सभापति खनालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ