arrow

एयर राइफल खुल्ला सुटिङमा विनेश र चाँदनी विजयी

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख २ शनिबार
shooting-rupendehi-11.jpg

रुपन्देही । दोस्रो जिल्ला स्तरीय १० मिटर एयर राइफल खुल्ला सुटिङ प्रतियोगिता बैशाख १ गतेदेखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा छात्रतर्फ विनेश धोवी पहिलो, प्रतीक मल्ल दोस्रो, प्रभुधन लोध तेस्रो भएका छन् । छात्रातर्फ चाँदनी पासी पहिलो, रिमा थारु दोस्रो र सन्ध्या पासी तेस्रो भएकी छिन् । 

रुपन्देही सुटिङ संघ, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा भएको दुई दिने सुटिङ प्रतियोगितामा विभिन्न क्षेत्रबाट ६१ जनाले सहभागी जनाएका थिए । विभिन्न कलेज, स्कुल, आर्मी, शसस्त्र र उद्योगीबाट सहभागी जनाएको सुटिङ संघले जनाएको छ ।

समापनमा बोल्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र कुँवरले शाररीक, मानसिक क्षेत्रको विकास हुने र खेलले देशलाई चिनाउने भएकाले खेललाई जोगाउन आवश्यक्ता औँल्याए ।

रुपन्देही सुटिङ संघका प्रमुख सल्लाहकार विजयजंग राणाले आफूहरुको पहिलेदेखि नै पारीवारिक सुटिङ खेलमा लगाब भएकाले सोही खेललाई यसभन्दा अगाडि प्रथम प्रतियोगिता गरेको र पुन: उक्त खेललाई निरन्तरता दिने उद्देश्यले दोस्रो प्रतियोगिता सञ्चालन गरेको वताए । उनले यसमा राइफल खरिद र बिग्रिएपछि मर्मत गर्नलाई समेत भारतमा लैजानुपर्ने बाध्यतामा कानूनी बाधा रहेको भन्दै राज्यले यसमा ध्यान दिन आग्रह गरे ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षत्री (हरी) ले खेलकुद क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ला र खेल क्षेत्रको विकास गरौला भन्ने आशा नै मरिसकेको भन्दै यसअघि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायत खेल सञ्चालन गर्दा व्यक्तिगत पैसा लगानी गरेर खेल सम्पन्न गरेको जनाए ।

नेपाल सुटिङ संघका केन्द्रीय उपाध्यक्ष धुव्र रायमाझीले नेपाल सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गर्दै आएको बताउँदै खेलकुद क्षेत्रका सम्बन्धित निकयहरुले पनि खासै चासो नदिएको गुनासो गरे । उनले खेलकुदका धेरै विधाहरु नखेलिएको भन्दै यसमा लगानी र खेलकुद स्थानको अभाव रहेको बताए ।

कार्यक्रममा रुपन्देही सुटिङ संघका ज्योति राणा, शसस्त्र प्रहरी बलका प्रमुख दीपक थापा, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर विक लगायतले धारणा व्यक्त गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ