arrow

सामान्यतया राम्रा ग्रह रहेको यस्तो हुनेछ तुलाको यो वर्ष 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-tula-libra.jpg

काठमाडौं । तपाईका ग्रह सामान्यतया राम्रा छन् । सातौं गुरु शुभकारक रहनेछ । मान, यश, प्रतिष्ठा आदिको अभ्युदय हुनेछ । कुनै नवीन व्यवसायको आरम्भ पनि हुन सक्छ । सुखद र लाभप्रद यात्रा हुनेछ । शारीरिक र आर्थिक क्षेत्रमा हुँदै गरेको क्रमिक गर्दा मन प्रशन्न रहने र आत्मबलमा पनि वृद्धि हुनेछ । वाणीको उचित र संयमित उपयोगले अप्रत्याशित लाभ मिल्ने ग्रहयोग रहेको छ । 

आश्विनपछिको दाम्पत्य सुख, राम्रो छ । परस्परको विचार विनिमयद्वारा गरिएका कामहरू अवश्य सफल हुनेछ । पञ्चम शनि अध्ययन, अध्यापन र सन्तान पक्षमा केही व्यवधान कारक हुनेछ । आश्विनपछिको छैठौं राहु शत्रुनाशक भइ सुखकारक रहनेछ, आकस्मिक धनलाभ पनि गराउनेछ देखिन्छ । शेयर कारोबारमा पनि केही लाभार्जन गर्न सकिने र पारिवारिक सौख्यमा पनि वृद्धि हुुने देखिन्छ ।

यसैगरी बृहस्पति र राहु ग्रहको सप्तम गोचर अनुकूल रहनाले आर्थिक वृद्धि, सुख, मानसम्मान प्राप्त हुने योग रहेको छ । व्यापार, व्यवसाय र पशुपालन व्यवसाय फष्टाउनेछ । परिवारमा माङ्गलिक कार्यका साथै कुटुम्ब वृद्धि हुनेछ । शनि तथा केतुको गोचर अशुभ फलदायी रहनाले शत्रु बढ्ने, विद्याको क्षेत्र कमजोर रहन सक्ने, अनावश्यक खर्च बढ्ने र सन्तानबाट पीडा हुन सक्ने देखिन्छ ।

स्वास्थ्यः वृहस्पति ग्रहको सप्तम गोचरको शुभ प्रभावले समग्रमा यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ तर शनिको पाँचौं तथा केतुको प्रथम गोचरले गर्दा नशा सुन्निने, टाउको भारी हुने तथा दुख्ने, आलस्यता पैदा हुन सक्ने रहेकाले ध्यान दिनुपर्छ । 

व्यापार, व्यवसाय र आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ । वृहस्पति ग्रहको शुभ गोचरका कारण शैक्षिक तथा सामाजिक क्षेत्र, बैङ्क तथा वित्तीय क्षेत्र, खाद्यान्न तथा कपडाका व्यवसायले यो वर्ष राम्रो राम्रो आम्दानी गर्न सक्छन् । निर्माण सामाग्री, उद्योग, मेसिन, नयाँ उपकरणको आविष्कार गर्ने इत्यादिको व्यवसाय भने सामान्य नै रहन सक्छ । कृषि क्षेत्र पनि यो वर्ष राम्रो रहन सक्छ । शेयर बजारमा पनि केहि सकारात्मक परिवर्तन हुन सक्छ । आर्थिक दृष्टिले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः गैरसरकारी तथा सामाजिक विकासका क्षेत्रमा काम संस्थाका व्यक्तिहरुको लागि प्रगति गर्ने समय छ । शिक्षक, राजनीतिज्ञ, वकिल, प्रशासनका सचिव आदिको यो समयमा कर्मक्षेत्रमा प्रगतिको योग बनेको देखिन्छ । कलकारखानाका प्रबन्धक, आयोजनाका ठेकेदार तथा अन्य कामदार आदिका लागि यो वर्ष सामान्य रहन सक्छ । 

प्रेम तथा पारिवारिक सम्बन्धः
यो वर्ष प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ । बृहस्पति ग्रहको शुभ प्रभावले प्रेम जीवनमा जोडिन चाहने व्यक्तिहरुले प्रेमी–प्रेमिका प्राप्त गर्न सक्छन् भने विवाहको समय भएका व्यक्तिहरुको विवाह हुन सक्छ । सन्तानको क्षेत्रमा भने यो वर्ष सामान्य समस्या आउँन सक्ने समय छ । 

शुभ रंग, अङ्कः तुला राशिका लागि यो वर्ष खैरो, सेतो र रातो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु २, ३, ६, ७ रहेका छन् । 

उपायः तुला राशि भएका व्यक्तिहरुले शनिबारको दिन बिहान पीपलमा जल चढाउँदा, हनुमानजी तथा भैरवजीको स्मरण गर्दा राम्रो हुनेछ । शनि तथा केतुको ग्रहशान्ति गर्दा शुभ हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ