arrow

ग्रहगोचर मध्यम रहेको यस्तो हुनेछ कन्याको यो वर्ष

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-kanya-virgo.jpg

काठमाडौं । यस वर्ष कन्या राशि भएकाहरुका ग्रहगोचर मध्यम छन् । गुरु अष्टम रहका हुनाले अध्ययन अध्यापनका क्षेत्रमा अवरोध हुनेछ । मन अशान्त रहने, पारिवारिक मतभेद बढ्ने देखिन्छ । व्यर्थविवाद आदिका पनि सम्भावना भएकाले अत्यन्त संयमित व्यवहार र शान्त रहनुपर्नेछ । छैठौं शनि रोग नाशक रहनेछ । कुनै विवाद आफ्नो पक्षमा रहनेछ । न्यायिक क्षेत्रमा पनि केही सुधार वा अनुकूल लक्षण देखिनेछ । 

केही नयाँ व्यवसायको सम्भावना पनि देखिन्छ । शेयर कारोबार तथा स्वव्यवसायमा पनि केही लाभ मिल्नेछ । कुनै नवीन सम्पत्ति आर्जन पनि होला । विद्यार्थी वर्गको परिश्रम सफल हुनेछ । आश्विनपछि राहु सातौं हुने हुनाले दाम्पत्य विवाद हुन छ । पहिलो केतु स्वास्थ्य बाधाको कारक सिद्ध हुनेछ । सन्तुलित व्यवहारले सामाजिक र धार्मिक क्षेत्रमा आंशिक यश प्राप्त हुनेछ ।

यसैगरी शनि ग्रह वर्षभरि गोचरमा षष्ठ स्थानमा रहने भएकाले शत्रुहरु पराजित हुनेछन् । स्वास्थ्य राम्रो रहन सक्छ भने  धन लाभ हुनेछ । बृहस्पति, राहु तथा केतुको गोचरको प्रभाव केही प्रतिकुल रहन सक्ने भएकाले स्वास्थ्यसम्बन्धी समस्याले सताउने, दुष्कर्ममा मन बढ्ने, शत्रु बढ्ने, धन नाशका साथै पीडासमेत खप्नुपर्ने हुन सक्छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको अष्टम गोचर तथा राहु र केतु ग्रहको पछि गोचर अशुभ यो वर्ष सामान्य रहन सक्ने भएकाले चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । त्यस्तै यो समयमा टाउको दुख्ने, शरीरमा कमजोरी देखा पर्ने, आलस्यता हुने, रिस धेरै उठ्ने र पाचनप्रणालीमा समस्या आउँन सक्ने रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिंदा राम्रो हुन्छ ।

व्यापार, व्यवसाय र आर्थिकः शनि ग्रहको षष्ठ स्थानको अनुकुल गोचरको प्रभावले फलाम तथा सवारीसाधन सम्बन्धित क्षेत्र, जग्गा जमिन, निर्माण तथा अनुसन्धानको क्षेत्र, सूचना प्रविधि इत्यादि व्यवसाय यो वर्ष राम्रो रहन सक्छ । शेयर बजारबाट पनि सामान्य लाभ होला । आर्थिक दृष्टिले असार, साउन, मङ्सिर र फागुन महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः टेक्निकल तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति तथा सफलता प्राप्त गर्न सक्ने योग छ । कामबाट अपजसको सामना गर्नुपर्ने हुन सक्छ । शैक्षिक तथा कानूनी क्षेत्रमा काम गर्नेहरुको लागि समय सामान्य देखिन्छ । 

प्रेम तथा पारिवारिक सम्बन्धः राहुको सप्तम गोचर तथा केतुको दोश्रो गोचरले यो वर्षभरि प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य नै रहन सक्ने छ । प्रेम जीवनमा असमझ्दारी बढ्ने तथा छुट्टिनु पर्ने अवस्था आउन सक्ने भएकाले ध्यान दिनुपर्छ । वैवाहिक जीवनमा आफ्नो मात्र विचार सहि मान्नुभन्दा जीवन साथीको भावनालाई पनि कदर गर्नुपर्ने देखिन्छ । आफन्तसँग अनावश्यक विवाद नगर्नु नै बेस हुनेछ । मातापितासँग द्वेष तथा मान्यजनप्रतिको सम्मानमा कमी हुन सक्ने रहेकाले ध्यान दिनुहोला । 

शुभ रंग र अङ्कः कन्या राशिका लागि यो वर्ष खैरो, हरियो र पहेलो रङ्ग शुभ रहन सक्छ भने २, ३, ६, ७, ९ अङ्क यो वर्षका लागि शुभ रहन सक्छ ।  

उपायः तपाईंले बृहस्पति तथा राहु केतुको अशुभ गोचरफलको निवारणका लागि जप–पाठ तथा ग्रहशान्ति पूजा गर्न सक्नुहुन्छ । बिहीबारको दिन भगवान विष्णुको पूजापाठ तथा दर्शन गरेर पनि गोचरको वृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ