arrow

स्वास्थ्य राम्रो रहेको सिंहलाई यस्तो हुनेछ समग्रमा यो वर्ष

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-singh-leo.jpg

काठमाडौं । २०८० सालमा सिंह राशि भएकाहरुका ग्रहस्थिति राम्रा छन् । गुरु नवौं रहने हुनाले पुत्रकलत्रादिबाट हुने सुख सुविस्ता, मित्र बान्धवको सहयोग आदिबाट पनि सन्तोष हुने छ । वैदेशिक व्यापार र श्रम दुबै क्षेत्रमा लाभ मिल्नेछ । मानसिक प्रशन्नताले उत्साहवर्धन पनि होला । नवौं राहु भने धार्मिककृत्यमा केही बाधा हुन सक्नेछ जसका कारण सट्टा वा शेयर बजारबाट टाढै बसेको राम्रो हुनेछ ।

आश्विनपछि हुने राहु केतुको राशि परिरवर्तन केही कष्टकारक हुन सक्ने देखिन्छ । सातौं शनिले गर्दा आफ्नो वा दाम्पत्यको शारीरिक स्वाथ्यमा केही समस्या पनि आउनेछ, त्यसतर्फ विशेष ध्यान दिनु जरुरी छ । व्यापारी तथा नोकरी पेशा राम्रो रहनेछ । स्वव्यवसायमा राम्रो लाभ मिल्ने भए पनि अत्यधिक संयम र सावधानी हुन आवश्यक छ । 

यसैगरी वर्षभरि बृहस्पति ग्रहको गोचर नवम रहने र केतु ग्रहको गोचर असोजसम्म तेश्रो स्थानमा शुभ फलदायी रहनाले कार्य सिद्धि हुनेछ । आर्थिक र भौतिक सुख प्राप्त हुन सक्छ । भूमिको लाभ हुनुका साथै नयाँ सवारीसाधन किन्न सक्ने समय छ । धार्मिक तीर्थस्थलहरूको भ्रमण हुनेछ । नोकरी तथा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ ।

स्वास्थ्यः बृहस्पतिको नवम गोचर शुभदायी रहनाले स्वास्थ्य स्थिति समग्रमा यो वर्ष राम्रो नै रहनेछ । शनिको सप्तम गोचरका कारणले बेलाबेलामा टाउको दुख्ने, नशा सुन्निने तथा छाती दुख्ने आदि हुन सक्ने सम्भावना रहेकाले स्वास्थ्य ध्यान दिनुपर्छ । 

व्यापार, व्यवसाय र आर्थिकः बृहस्पति ग्रहको गोचर नवम गोचरका प्रभावले यो वर्ष घरजग्गा, पर्यटन, शैक्षिक सामाग्री, फेशन, डिजायन, कृषि आदिको व्यापार व्यवसाय सञ्चालन गर्ने व्यक्तिले विशेष फाइदा लिन सक्ने समय छ । कानुनी तथा राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले पनि यो वर्ष प्रगति गर्न सक्छन् । निर्माण सम्बन्धित व्यवसाय, साझेदारी काममा भने यो वर्ष सामान्य नै रहन सक्छ । शेयर कारोबारबाट मध्यम लाभ लिन सक्ने समय छ । आयआर्जनको क्षेत्र यो वर्ष राम्रो रहन सक्छ । आर्थिक दृष्टिकोणले जेठ, असार, कार्तिक र माघ महिना शुभ रहेका छन् ।

पेशा, रोजगारः काममा प्रतिस्पर्धी आफू भन्दा बलियो रहने स्थिति वर्षको सुरुको समयमा रहेपनि वर्षको मध्यतिरबाट आफू काममा बलियो हुन सक्ने र पद प्रतिष्ठा तथा सम्मान हासिल गर्न सक्ने समय छ । सरकारी जागिर, कानूनी क्षेत्र, कुटनीतिक नियोग आदि आदिमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति गर्ने छ ।

प्रेम सम्बन्धः राहुको नवम र अष्टम गोचर तथा शनिको सप्तम गोचरका कारण पारिवारिक समस्या हुन सक्ने तथा वैवाहिक जीवनमा विश्वासको सङ्कट देखा पर्न सक्ने भएकाले विचार गर्नुपर्ने समय छ । प्रेम जीवनमा प्रेमी–प्रेमिकाबीच अन्य कुनै तेश्रो व्यक्तिको कारण असमझदारी आउन सक्ने भएकाले ध्यान दिनुपर्छ । 

शुभ रंग र अङ्कः सिंह राशिका लागि यो वर्ष खैरो, गुलाबी, रातो तथा पहेंलो रङ्ग शुभ रहन सक्छ भने अङ्कहरु १, ३, ५, ९ शुभ रहेका छन् । 

उपायः सिंह राशिका व्यक्तिहरुले शनिबार सात्विक भोजन गर्ने, हनुमानजी तथा भैरवजीको दर्शन गर्ने गर्दा पनि शनि राहुको गोचरजन्य अशुभ फल कम हुन सक्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ