arrow

ग्रहगोचर राम्रो भएको यस्तो हुनेछ यो वर्ष मिथुनलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-mithun-gemini.jpg

काठमाडौं । यस वर्ष तपाईंको ग्रहगोचर राम्रो छ । एकादश गुरु आय आर्जनमा सहयोगी सिद्ध हुनेछ । परिवारमा केही उत्साहजनक वातावरण रहनेछ । जग्गा जमीन र वाहन किन्नुका साथै व्यवसायमा पनि राम्रै लाभको स्थिति देखिन्छ । 

कुनै नयाँ व्यवसाय प्रारम्भ हुने वा अचल सम्पत्ति जोडिने पनि देखिन्छ । एकादश राहु पनि अनेकौं स्रोतबाट प्रशस्त आम्दानी गराउन प्रतिवद्ध देखिन्छ । व्यवसायी–शेयर कारोबारीहरूलाई पर्याप्त लाभ मिल्नेछ । 

पञ्चम केतुका कारण सक्ने देखिन्छ । विद्यार्थी वर्गले विशेष परिश्रम गर्नुपर्ने देखिन्छ । विद्यामागमा अवरोध हुनेछ भने सन्तान पक्षमा पनि समस्या उत्पन्न हुनेछ । कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवाद पन सक्ने हुनाले आफैँ जोगिनु राम्रो हुनेछ । 

यसैगरी रोकिएका कामहरु सम्पादन हुने, पद प्रतिष्ठा बढ्ने, व्यवसाय विस्तार हुने, स्वास्थ्य राम्रो रहने, आयआर्जन तथा धनको संग्रह बढ्ने, प्रेम तथा पारिवारिक जीवन राम्रो रहने समय छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको एकादश गोचरको शुभ प्रभावले समग्रमा यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ । तर शनि ग्रहको नवौँ गोचरले गर्दा खुट्टा झमझमाउने तथा छाती सम्बन्धित सामान्य समस्या आउन सक्छ । 

व्यापार, व्यवसाय, आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ । वृहस्पति ग्रहको शुभ गोचरका कारण शैक्षिक तथा सामाजिक क्षेत्रका व्यवसायले यो वर्ष राम्रो राम्रो आम्दानी गर्न सक्छन् । वित्तीय क्षेत्रका व्यक्तिहरुले पनि राम्रो नाफा आर्जन गर्न सक्ने समय छ । सवारी साधन, खाद्यान्न आदिको व्यवसाय भने सामान्य नै रहन सक्छ । कृषि क्षेत्र पनि यो वर्ष राम्रो रहेको छ । वैशाख, भदौ, मङ्सिर र चैत महिनामा आर्थिक प्रगति हुने महिना रहेका छन् ।

पेशा, रोजगारः शैक्षिक तथा सामाजिक संस्था, धार्मिक क्षेत्र आदिका व्यक्तिहरुले यो वर्ष आर्थिक उन्नति गर्ने तथा सामाजिक मानसम्मान प्राप्त गर्न सक्ने समय छ । 

प्रेम सम्बन्धः यो वर्ष प्रेम जीवन राम्रो रहन सक्छ । विवाहको समय भएका व्यक्तिहरुको विवाह हुन सक्छ । सन्तान प्राप्त गर्न चाहने दम्पतिहरुले यो वर्ष सन्तान प्राप्त गर्न सक्छन् । माता पितासँगको सम्बन्ध पनि राम्रो रहन सक्छ । सन्तानबाट खुसी मिल्न सक्छ । दाजुभाईसँग सामान्य विवाद हुन सक्ने रहेपनि सम्बन्ध राम्रो रहन सक्ने छ । 

शुभ रंग, अङ्कः मिथुन राशिका लागि यो वर्ष हरियो, सेतो, गुलाबी र रातो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु  १, ३, ६, ९ रहेका छन् । 

उपायः मिथुन राशिका व्यक्तिहरुले शनिबारको दिन बिहान पीपलमा जल चढाउँदा, हनुमानजी तथा भैरवजीको स्मरण गर्दा राम्रो हुनेछ । शनि तथा केतुको ग्रहशान्ति गर्दा पनि शुभ हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ