arrow

फ्रान्स अब चीनको समर्थक भएको छ : ट्रम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
trump-corona.jpg

अमेरिका । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गरेको बताएका छन् । फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उनले आफ्ना चिनियाँ समकक्षीसँग गरेको भेटवार्तालाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले यसरी व्यङ्ग्य गरेको हो ।

 आफूमाथि फौजदारी अभियोग लागेपछि पहिलोपटक मुख्यधारको ‘मिडिया’ फक्स न्यूजसँगको एक अन्तर्वार्तामा रिपब्लिकन पार्टीका सम्भावित राष्ट्रपति पदका उम्मेदवार पूर्वअमेरिकी राष्ट्रपतिले “म्याक्रोन आफ्नो मित्र भए पनि उहाँले चीनलाई साथ दिनुभएको छ, उहाँले सीको नितम्ब चुम्बन गरेको छ , ठीकै छ । फ्रान्स अब चीनको समर्थक भएको छ,” फ्रान्सेली राष्ट्रपतिको अमेरिकी नीतिमा युरोपेली मुलुकहरू आबद्ध हुननहुने अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने । आफू ह्वाइट हाउसबाट बाहिरिएपछि अमेरिकाले संसारबाट आफ्नो प्रभाव गुमाएको पनि उनले बताए । 

चीन भ्रमणबारे पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोनले ताइवानको विषयलाई लिएर बेइजिङ र वासिङ्टनबीचको द्वन्द्वमा युरोपेली देशहरू फस्न नहुने बताएका थिए। गत साता चीनको राजकीय भ्रमणपछि सार्वजनिक भएको उनको यो अभिव्यक्तिको विश्वभर चर्चापरिचर्चा भइरहेको छ ।

आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । चीनले यसलाई आफूबाट अलग भएको आफ्नै प्रान्तका रूपमा लिएको छ चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ । अमेरिकाले ताइवानलाई आफ्नो रक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । 

यसैबीच, फ्रान्सेली राष्ट्रपति म्याक्रोनको ताइवानलाई लिएर युरोपले अमेरिकी नीतिको अनुशरण गर्ननहुने अप्रत्याशित सुझावलाई चीनमा यो सता ‘उज्ज्वल निर्णय’ को रूपमा स्वागत गरिएको छ । चिनियाँ सञ्चारमाध्यम र समाचार र सामाजिक सञ्जालमा उनका स्वतन्त्रत अभिव्यक्तिको प्रशंसा गरिएको छ । उनको ‘रणनीतिक स्वायत्तता’लाई चिनियाँ सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सञ्चालित ग्लोबल टाइम्सले सोमबार प्रकाशित गरेको एक टिप्पणीमा राष्ट्रपति म्याक्रोनको स्पष्ट एवम् दीर्घकालीन सोच, वस्तुनिष्ठ एवम् तर्कसङ्गत अभिव्यक्ति युरोपको हितमा रहेको बताएको छ । उनको त्यो अभिव्यक्तिलाई युरोपेलीहरूको वास्तविक आवाजका चित्रण गरिएको छ । “युरोपेली सङ्घको रणनीतिक स्वायत्तता र नयाँ शीतयुद्धको प्रतिरोध गर्ने राष्ट्रपतिको भनाई भविष्यमा एक उत्कृष्ट निर्णय साबित हुनेछ,” टिप्पणीमा भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ