arrow

श्रीलंकाको विप्रेषण आयमा उल्लेख्य वृद्धि

logo
सिन्ह्वा,
प्रकाशित २०७९ चैत २४ शुक्रबार
srilanka-flag.jpg

कोलम्बो । श्रीलंकाको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । 

गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन् ।

अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए । 

 गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको  श्रीलंकाको केन्द्रीय बैङ्कले जनाएको छ । 

केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । 

प्रवासी कामदारले पठाउने रकम नै श्रीलंकाको वैदेशिक राजस्वको प्रमुख स्रोत हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ