arrow

रविले पारे भेटघाटलाई तीव्र, कालिका-५ बाट घरदैलो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं । वैशाख १० मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले  उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यकर्ता भेटघाटलाई तीव्र पारेका छन् । उनका निजी सचिव प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नुअघिदेखि नै निर्वाचनको तयारी गरिएको हो । मनोनयन दर्तासँगै दलका नेता कार्यकर्ता भेटघाटलगायत काममा व्यस्त भइरहेको उनले बताए ।

कालिका नगरपालिका–५ बाट घरदैलो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिँदै सिग्देलले रास्वपाले घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए । घरदैलोका क्रममा कोणसभा केही स्थानमा हुने उनको भनाइ छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि सांसद पद खारेज भएको थियो । लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । 

उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । यसअघि सोही निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतले विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ