arrow

आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
kishor-nepal.PNG

काठमाडौं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले आगामी शनिवार हुने शाखाको २३ औँ साधारण सभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उनी पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व अध्यक्षसमेत हुन ।

 बिहीबारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । 

सो पुरस्कार आगामी शनिबार हुने शाखाको २३ औँ साधारण सभामा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माको हातबाट प्रदान गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ