arrow

चिनफिङलाई भेट्दै म्याक्रोन, साँझ राजकीय रात्रिभोज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
macron-french.jpg

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन तीन दिने चीनको राजकीय भ्रमणमा छन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति म्याक्रोन बुधबार चीन पुगेका हुन् । स्थानीय समयअनुसार बुधबार अपराह्न ३:१५ बजे म्याक्रोन बेइजिङ पुगेका थिए । उनलाई चिनियाँ विदेशमन्त्री किन ग्याङले विमानस्थलमा स्वागत गरेका थिए । 

उनले आज राष्ट्रपति चिनफिङलाई भेट्दैछन् । आजै अन्य चिनियाँ नेताहरूसँग वार्ता गर्नुका साथै साँझ चिनफिङले दिने राजकीय रात्रिभोजमा भाग लिदैछन्।  शुक्रबार उनी शीर्ष राजनीतिज्ञहरू, व्यापारिक नेताहरू र संगीतकार जीन-मिशेल जयरेसहित सेलिब्रिटीहरूको एक विस्तृत प्रतिनिधिमण्डलसहित स्थानीय विद्यार्थीहरूलाई भेट्न दक्षिणी चीनको ग्वान्जाओ जानेछन् । म्याक्रोनको भ्रमण र क्यालिफोर्नियामा ताइवानकी राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीबीच भएको भेटवार्तासँगै एकै साथ पर्न गएको छ । 

यसअघी युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले पनि यसै साता बेइजिङको भ्रमण गरेकी छन् । उनले तयारीका लागि समन्वय गर्न सोमबार पेरिसमा म्याक्रोनलाई भेटेकी थिइन् । संयुक्त राज्य अमेरिकाले आफ्ना युरोपेली मित्रराष्ट्रहरूलाई चीनविरुद्ध कडा अडानमा सामेल हुन दबाब दिइरहेका बेला ईयूले बेइजिङप्रतिको आफ्नो दृष्टिकोणलाई परिभाषित गर्न खोजिरहेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताअघि बेइजिङमा आयोजित फ्रान्सेली समुदायको भेलालाई सम्बोधन गर्दै म्याक्रोनले फ्रान्सले युक्रेनमा शान्ति र स्थिरताका लागि साझा जिम्मेवारीमा चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् । राष्ट्रपति म्याक्रोनको चार वर्षपछिको पहिलो चीन भ्रमण युक्रेनमा जारी द्वन्द्वका कारण महत्वपूर्ण हुने अनुमान गरिएको छ । उनको कार्यालयका एक अधिकारीले सीसँगको वार्तामा दृढतापूर्वक उभिन आफू प्रयासरत रहेको बताएका छन् । 

संयुक्त राज्य अमेरिका र फ्रान्सका वरिष्ठ अधिकारीले ‘उत्तर-दक्षिण ऐक्यबद्धताको विश्वव्यापी प्रयासमा चिनियाँहरूबाट योगदान प्राप्त हुने र जलवायु र जैविक विविधतामा ‘साझा एजेन्डा’ निर्माण गर्ने आशा पनि गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ