arrow

यी हुन् रास्वपाका उपनिर्वाचनका दाबेदार उम्मेदवारहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० को उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ। उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा चितवन २ मा सभापति रवि लामिछानेको एकल दाबी रहेको छ ।

यसअघि सोही निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतले विजयी भएका रवि नागरिकता विवादमा मुछिएपछि सांसद पद गुमेको थियो ।

तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीन जना छन् । त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् । त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ । 

राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ । यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ