arrow

लोकप्रिय हुँदै लोकोन्याभ, पाँच विशेष फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
loconav.jpg

काठमाडौं । फ्लिट व्यवस्थापन सफ्टवेर लोकोन्याभ अहिले निकै नै चर्चामा छ । पाँच महिना अगाडि बिक्री शुरु भएको अन्तर्राष्ट्रिय बजारको भरपर्दो यो सफ्टवेरले विशेष गरी पाँच वटा फाइदा लिएर आएको सिप्रदी ट्रेडिङले जनाएको छ । 

नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरुमा प्रयोग हुने गाडी र फ्लिटहरुको दक्षता र उत्पादकताको व्यवस्थापनको लागि सिप्रदीले अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लिट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसंग सहकार्य गरेर नेपाली बजारलाई सुहाउँदोे सवारी साधन ट्रयाकिङ तथा फ्लिट म्यानेजमेन्ट सफ्टवेर ल्याएको हो ।

सवारी साधनको उत्पादकता बढाउन त्यसमा लाग्ने इन्धन र मर्मतको लागतको प्रमुख भूमिका हुने गर्दछ । ग्राहकले यही आवश्यकतालाई बुझेर ल्याइएको लोकोन्याभ, नेपाली बजारलाई किफायती सवारी साधन ट्रयाकिङ एंड फ्लिट म्यानेजमेन्ट सफ्टवेर साबित हुने सम्भावना छ । 

जीपीएस प्रविधिबाट चल्ने यो सफ्टवेरको दैनिक प्रयोगले फ्लिट संचालनमा आउने चुनौतीहरूको समाधान प्रयोगकर्ताहरुले तुरुन्तै पाउन सक्ने सिप्रदीले जनाएको छ ।  

सिप्रदीकी रजिया श्रेष्ठ अनुसार लोकोन्याभ नेपाली बजारमा ल्याएको पाँच महिना भएको छ । लोकोन्याभको बिक्री शुरु गरेको पाँच महिनामा नै यो सफ्टवेरले ग्राहकको विभिन्न समस्याको एउटा समाधान बन्न सफल हुँदैछ । अहिले लोकोन्याभका प्रयोगकर्ताहरुबाट ५ प्रमुख फाइदाहरुको प्रकिया आइरहेको सिप्रदीले जनाएको छ ।

कम्पनी भन्छ, ‘सबैभन्दा पहिले लोकोन्याभबाट व्यवसायको फ्लिटको उत्पादकतामा सुधार भइरहेको छ । सवारी साधन ट्र्याकिङ सिस्टमले फ्लीट म्यनाजेरलाई आफ्नो सवारी साधनले गर्ने ट्रीपको व्यवस्थापन र निगरानी राख्न मद्दत पुर्याउनुका साथै अनावश्यक ट्रीपहरुको व्यवस्थापन गर्न मद्दत पुर्याउछ । आफ्नो गाडी कहिले कहाँ चलेको छ भनेर निगरानी गर्ने यो सिस्टमले चालक माथि फ्लिट म्यनाजेरको नियन्त्रणलाई कायम राख्न धेरै मद्दत पुर्याउने गर्दछ । त्यसैले ट्रीप म्यनाजेमेंटका साथै गाडीमा हुने इन्धनको खपत घटाउन पनि सहजता भएको प्रक्रिया आइरहेको छ ।’

दोस्रो फाइदाबारे कम्पनी भन्छ, ‘आफ्नो गाडीको सुरक्षा र व्यवस्थापन एकल ग्राहक वा फ्लिट म्यानेजर दुवैका लागि चुनौतिपूर्ण कार्य हो । त्यसैले सवारी साधनको सुरक्षाको लागि लोकोन्याभमा इममोविलाईजेसन फिचर लोकप्रिय हुँदै गइरहेको छ । यसबाट आफ्नो सवारी साधनलाई जुनसुकै स्थानबाट पनि लक गर्न सक्नुहुन्छ, जसले गर्दा लोकोन्याभ प्रयोगकर्ताहरुले आफ्नो गाडी सुरक्षित रहेको महसुस गर्नुभइरहेको छ । अझै यो फिचरको सबैभन्दा फाइदा बैंक तथा वित्तिय संस्थाहरुले ऋणमा दिइएको सवारी साधन ट्र«याक गरी पत्ता लगाउन प्रयोग गरिरहनु भएको छ ।’

कम्पनीले तेस्रो फाइदाबारे भन्छ, ‘तेस्रो फाइदाको कुरा गर्नु पर्दा लोकोन्याभबाट चालक व्यवहार अनुगमन गर्न सकिन्छ । गाडी लापरवाही ढंगले चलाएमा जनधनको क्षतिका साथै मर्मतसम्भारमा ठुलो लागत लाग्न सक्छ । त्यसैले लोकोन्याभको सिस्टममार्फत फ्लिट म्यानेजरहरुले चालकहरुको ब्रेकिङ्ग शैली, एक्सेलेरेशन, रफ्तार, कर्नेरिंग जस्ता तथ्यांकहरु प्राप्त गर्न सक्नुहुन्छ । यस जानकारीले चालकहरुलाई क्षति अगाडि नै तालिम वा सुधारका लागि सुझाव दिन सकिन्छ । विद्यालयहरुले पनि स्कुल बस प्रयोग गर्ने आमाबाबुहरुलाई आफ्ना बच्चाहरु स्कुलबसमा हुँदा सुरक्षित छन् भनेर आश्वाशन लोकोन्याव को प्रयोगले दिइराखेका छन् ।’

त्यस्तै कम्पनीले चौथो फाइदाबारे भन्छ, ‘लोकोन्याभ अहिले गाडी व्यवस्थापनको लागि कुशल साथीको रुपमा प्रयोग भइरहेको छ । उचित प्रविधि बिना फ्लिटको व्यवस्थापन गर्नु भनेको एकदम गाह्रो र तनाबपूर्ण काम हो जसले समय, ऊर्जा र पैसा सबै खर्च हुने गर्छ । अझै लजिस्टिक र डेलिवेरी कम्पनीहरुमा यसको महत्व अझै बढी रहेको हुन्छ । लोकोन्याभको फ्लिट म्यानेजमेन्ट सिस्टमले सञ्चालन टिमलाई ट्रिपहरु सजिलै तोक्न र ट्रयाक गर्न सक्ने बनाइदिन्छ । आफ्ना ग्राहकहरुलाई समेत सामान कहाँ आइपुग्यो भनेर ट्र«याक गर्ने विकल्प दिन्छ । जसले गर्दा डेलिवेरी कम्पनीका ग्राहकहरुमा विश्वसनीयता कायम गर्न सहज भइरहेको छ ।’
  
पाँचौ फाइदाबारे सिप्रदीले भनेको छ, ‘लोकोन्याभले प्रयोगकर्ताहरुलाई विश्लेषणात्मक सुविधा पनि प्रदान गर्दै आएको छ । व्यापारिक निर्णयहरुमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ । ग्राहकहरुलाई आवश्यकता अनुसारको आउने रिपोर्टले कम्पनीको फ्लिट व्यवस्थापनको समग्र दृश्य एकैसाथ हेर्न सकिन्छ ।  नेपालका विभिन्न उद्योग, कारखाना, शिक्षण संस्था, यातायात व्यवसायहरु ले भरोसा गरिरहेको यस लोकोन्याभबाट पाइरहेको विश्लेषणात्मक समाधानले एकदम सन्तुष्ट छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ