arrow

हरित अर्थतन्त्र अपनाउने श्रीलंकाको तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
srilanka-flag.jpg
तस्बिर – फाइल ।

कोलम्बो । श्रीलंकाको ऊर्जा मन्त्रालय र जलवायु परिवर्तन कार्यालयले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने तयारी गरेको  छ । 

राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो बारे उल्लेख गरेको छ । ‘श्रीलंकासँग नवीकरणीय स्रोतहरू जस्तै सौर्य, वायु, बायोगास र समुद्री छालहरूमार्फत ऊर्जा उत्पादन गर्ने ठूलो सम्भावना छ। राष्ट्रपति (रानिल) विक्रमासिङ्घे हरित अर्थतन्त्रमा परिणत हुनु नै श्रीलंकाको बलियो अर्थतन्त्र निर्माणको  आधार हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

हरित आर्थिक नीति दीर्घकालीन पहल हो जसका लागि कानूनी  आधार चाहिने भन्दै राष्ट्रपतिले नयाँ नीतिमा समायोजन गर्नका लागि तुरुन्तै कानून पारित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ