arrow

राष्ट्रपतिद्वारा जोशीको प्रतिमा अनावरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
nabindra-salik.JPG

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योग मन्त्री स्व नवीन्द्रराज जोशीको प्रतिमा अनावरण गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौ–१९ यटखामा बनाइएको स्व जोशीको प्रतिमाको अनावरण गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताए । नवीन्द्र जोशी जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने गरेको औंलाए । 

“जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दुःख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहुन्थ्यो”, उनले भने । राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक सङ्गठन, जोशी परिवार र आफ्नो लागि अपुरणीय क्षति भएको बताए ।

उनले जोशीको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारण होनहार नेताका रुपमा स्थापित हुनुका साथै सरल, शालिन, मिलनसार, सहयोगी र कुशल राजनीतिज्ञको छवि बनाउन सफल हुनुभएको चर्चा गरे । 

राष्ट्रपति पौडेलले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न नदिनुका साथै सदाचारिता र इमान्दारिता नै जोशीको  विशेषता भएको बताए । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी सङ्गम रहेका विरलै मानिसमध्ये जोशी अब्बल दर्जाको हुनुहुन्थ्यो भने । 

“मैले नविन्द्रलाई  सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँं”, राष्ट्रपति पौडेलले भने ।

विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मिएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । उन संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ