arrow

राष्ट्रपति गोरखामा, गरे गोरखनाथको पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
ram-chandra-poudel-gorkha.JPG

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक राष्ट्रपति पौडेल गोरखा पुगेका हुन्।

आज बिहान साढे ९ बजे गोरखा पुगेका राष्ट्रपति पौडेले गोरखनाथ मन्दिरमा पूजा गरेका छन् । 

उनले ऐतिहासिक गोरखा दरबार र संग्राहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

दुई घण्टाको गोरखा बसाइपछि राष्ट्रपति पौडेल आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

पौडेलले यसअघि उपत्यकाभित्रै विभिन्न स्थलको भ्रमणसँगै, पशुपतिनाथको दर्शन, जीवित देवी कुमारीको दर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ