arrow

राहुलको सांसद पद खारेजीको विरोधमा भारतभर सत्याग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
rahul-gandhi-new-2023.jpg

काठमाडौं ।  भारतीय कंग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेजीको विरोधमा आज कंग्रेस आईले भारतभर सत्याग्रह गर्ने भएको छ ।  कंग्रेसले लोकसभाका लागि राहुललाई अयोग्य घोषित गरेको विरोधमा आइतबार सबै प्रदेश र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको हो । 

प्रदर्शन महात्मा गान्धीको प्रतिमा अगाडि गरिने छ । राहुल गान्धीसँग ऐक्यबद्धता जनाउन यसलाई एक दिवसीय 'सत्याग्रह' नाम दिइएको छ।  कार्यक्रम भारतीय समयअनुसार  बिहान १० बजे सुरु भएर साँझ ५ बजे समाप्त हुनेछ ।

केरलका वायनाडका लोकसभा सदस्य गान्धीको संसद सदस्यता शुक्रबार खारेजी भएको थियो । लोकभा सचिवालयले पत्र जारी गर्दै उनको संसद पछ रद्द गरिएको जनाएको थियो । मानहानि मुद्दामा उनलाई बिहीबार अदालते दुई वर्षको जेल सजाय सुनाएको थियो ।

सन् २०१९ मा कर्नाटकको एक सभामा मोदी थरलाई लिएर बयान दिएका थिए । उनले त्यहाँ 'सबै चोरको थर मोदी किन हुन्छ ?' भनी प्रश्न गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ