arrow

राष्ट्रपति पौडेलले पहिलो पटक उपत्यका छाड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
ramchandra-poudel.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदैछन् । गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका पौडेल पद तथा गोपनियताको शपथसँगै पद बहाली गरेपछि पहिलो पटक उपत्यका बाहिर जाँदैछन् । 

आज बिहान ९ बजे राष्ट्रपति पौडेल गोरखा दरबार जान लागेको उनको प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 

राष्ट्रपति पौडेलले गोरखामा गोरखकाली मन्दिरमा दर्शन गर्नुका साथै गोरखा दरबारको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

पदबहालीपछि आफूलाई व्यस्त राख्दै आएका पौडेलले यसअघि उपत्यकाभित्रै विभिन्न स्थलको भ्रमणसँगै, पशुपतिनाथको दर्शन, जीवित देवी कुमारीको दर्शन गरेका थिए ।

राष्ट्रपति पौडेल आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ