arrow

संविधानको संरक्षण प्रमुख दायित्व र कर्तव्य : राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् ।

 नेपाल बार एशोसिएसनको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।

राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत नै रहेको बताए । पौडेलले भने, “संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।”

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ