arrow

संविधानको पालना र संरक्षण मेरो प्रमुख दायित्व – राष्ट्रपति पौडेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
president-poudel-nepal-bar-association.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् । 

नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत नै रहेको बताए । 

पौडेलले भने, ‘संविधानको अक्षर र भावनाको मर्म अनुरुप कानूनका जानकारहरुले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।’

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसँगै पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ