arrow

श्रमको सम्मान गर्ने कार्यक्रम चलाइ संस्कृतिको विकास गर्न राष्ट्रपति पौडेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
president-poudel-cmmunity-radio.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोका कारण गाउँ गाउँसम्म आम नागरिकमा सूचनाको पहुँच पुगेको बताएका छन् । पौडेललाई बधाई तथा शुभकामना दिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेको सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिको टोलीलाई धन्यवाद दिँदै उनले सामुदायिक रेडियोका कारण गाउँ गाउँसम्म आम नागरिकमा सूचनाको पहुँच पुगेको बताएका हुन् । 

साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशिलताको विकास गर्न सामुदायिक रेडियोहरुको भूमिका विशेष रहेको उनले बताए । राष्ट्रपति पौडेलले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि यहाँहरुको ठूलो भूमिका रहेको छ । त्यही भएकाले स्थानीय तहमा उत्पादनशीलतालाई यहाँहरुले प्रोत्साहन गर्नुभयो भने मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’ 

पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए । उनले श्रमले तन र मन दुवै स्वस्थ्य बनाउने भएकाले यो अपरिहार्य भए पनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताए । 

पौडेलले यो धारणा बदल्न र काम प्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएकोमा जोड दिए । 
सो अवसरमा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई रेडियो सेट उपहार दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ