arrow

राहुल गान्धीको संसद सदस्यता गुम्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
rahul-gandhi-new-2023.jpg

काठमाडौं । मानहानि मामिलामा दोषी देखिएपछि दुई वर्ष जेल सजाय पाएका भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज भएको छ । केरलका वायनाडका लोकसभा सदस्य गान्धीको संसद सदस्यता शुक्रबार रद्द गरिएको हो । 

लोकभा सचिवालयले पत्र जारी गर्दै उनको संसद पछ रद्द गरिएको जनाएको छ । मनहानि मुद्दामा उनलाई बिहीबार अदालते दुई वर्षको जेल सजाय सुनाएको थियो । 

सन् २०१९ मा कर्नाटकको एक सभामा मोदी थरलाई लिएर बयान दिएका थिए । उनले त्यहाँ ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी प्रश्न गरेका थिए । 

उनले सन् २०१९ को लोकसभा चुनावभन्दा पहिले कर्नाटकको कोलारमा एक र्यालीका दौरान भनेका थिए, ‘चोरहरुको थर मोदी हो । सबै चोरको थर मोदी किन हुन्छ, चाहे उनी ललित मोदी हुन् वा निरव मोदी हुन् वा नरेन्द्र मोदी ।’

यसपछि सुरत पश्चिमका भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले राहुलविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए । 

उनको भनाइ थियो कि ‘राहुल गान्धीले हाम्रो पूरै समाजलाई चोर भनेका छन् । यो हाम्रो समाजको मानहानि हो ।’

यो मुद्दाको सुनुवाइका क्रममा राहुल तीन पटक अदालत पुगेका थिए । सन् २०२१ को अक्टुबरमा उनले आफूलाई निर्दोश बताएका थिए । 

सोही मामलामा सुरत अदालतले बिहीबार फैसला गरेको हो । सन् २०१३ मै सर्वोच्च अदालतले यदि कुनै जनप्रतिनिधि जस्तै विधायक वा सांसदलाई दुई वर्ष वा त्यो भन्दा बढी सजाय दिइन्छ भने उसको सदस्यता रद्द हुने फैसला गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ