arrow

कस्तो छ राष्ट्रपति पौडेललाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए । 

उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, “राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।”
     
त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको वीपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् । प्राडा सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ