arrow

 मोदी थरलाई गाली गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्ष जेल सजाय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
rahul-gandhi-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीलाई मानहानि घटनामा दोषी ठहर गरिएको छ । उनलाई ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ यही बयानमा जोडिएर उनलाई सुरत अदालतले बिहीबार दोषी ठहर गरेको हो । 

यो फैसलाको २७ मिनेटपछि उनलाई अदालतले दुई वर्षको जेल सजाय तथा १५ हजार भारु जरिवानासमेत गरेको छ । 

यसको केही समयपछि गान्धीलाई ३० दिनका लागि अदालतले जमानत पनि दिएको छ । सुनुवाइका क्रममा राहुल गान्धी अदालतमा उपस्थित भएका थिए । 

सजाय पाउना साथ उनले महात्मा गान्धीको भनाइ – ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो भगवान हो, अहिंसा त्यसबाट पाएको साधन’ भनेका थिए । 

अदालत बाहिर विधायक लगायतका समर्थकहरुले भारत माता कि जय तथा जय श्रीरामको नारा लगाएका थिए । 

राहुललाई आईपीसीको धारा ४०० र ५०० अनुसार दोषी घोषित गर्दै दुई वर्षको जेल सजाय तोकिएको हो । राहुलका वलिकले भने कम भन्दा कम सजाय दिन अपील गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ