arrow

ब्रह्माण्डको सृष्टि भएको दिन सम्झेर राष्ट्रपति पौडेलले पशुपतिमा रोपे नागचम्पा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
ramchandra-poudel-nagchampa-pashupati.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति गौशालास्थित वनकालीमा वृक्षरोपण गरेका छन् । चैत्र शुक्ल प्रतिपदालाई ब्रह्माण्डको सृष्टि भएको दिन मानिन्छ । सो अवसरमा वनकाली क्षेत्रमा राष्ट्रपति पौडेलले नागचम्पा फूल रोपेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

राष्ट्रपति पौडेल वनकाली पुग्दा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारीले स्वागत गरेका थिए । 

वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले शुल्क प्रतिपदामा नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । 

नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न हुने भएकाले राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपिएको उनको भनाइ छ । 

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुशी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । 

गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ