चीनले भन्यो- अमेरिकाले युक्रेन सङ्कटमा रचनात्मक भूमिका खेल्नुपर्छ
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
563
Shares
काठमाडौं । चीनले युक्रेन सङ्कटमा संयुक्त राज्य अमेरिकाले रचनात्मक भूमिका खेल्नुपर्ने बताएको छ । सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले यस्तो बताएका हुन् ।
चीन सधैँ शान्ति र संवादको पक्षमा उभिएको भन्दै प्रवक्ताले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले रचनात्मक भूमिका खेल्ने पनि उनले बताए।
उनले अमेरिकाले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्नको लागि उल्टो बाटो तय गर्नुको सट्टा रचनात्मक भूमिका खेल्नुपर्छ भने ।
उनले द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको बताए । "चीनले सधैँ युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने गरेको हो,
वाङले अमेरिकालाई आगोमा घ्यु थप्न बन्द गर्न र अन्य देशहरूलाई आफ्नो दबाब र धम्की दिन समेत बन्द गर्न आग्रह गरेका छन् ।