arrow

मोदी र किशिदाबीच नयाँ घटनाक्रमका बारेमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
mofi-kisida.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदा बीच सोमबार विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ । 

भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो बारे जानकारी गराएका हुन् । 

उनले दुई नेताहरूले भारत, जापान र अन्य समान विचारधाराका देशहरूले विशेष गरी वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारे छलफल गरेको जानकारी दिएका छन् । 

भेटमा दुई नेताबीच यस क्षेत्रमा चीनको बढ्दो आक्रामकताबारे छलफल भएको हो भन्ने प्रश्नको जवाफमा क्वात्राले भने- मैले उल्लेख गरेझैं दुई नेताले हाम्रो क्षेत्र र विश्वव्यापी रूपमा भइरहेको घटनाक्रमका बारेमा पनि कुरा गर्नु भएको थियो । ती छलफलहरूमा उनहरूले यस क्षेत्रमा हामीले सामना गर्ने चुनौतीहरूको बारेमा कुरा गरेका छन् ।

 भारत र जापान र अन्य समान विचारधारा भएका देशहरूले ती चुनौतीहरूलाई सम्बोधन गर्न कसरी एकसाथ काम गर्न सक्छन् भन्ने बारे पनि छलफल भएको क्वात्राको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ