arrow

तनहुँ १ मा पनि बढ्यो उपनिर्वाचनको सरगर्मी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
upanirwachan-2080-election.jpg

काठमाडौं । देशमा रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । पौडेल राष्ट्रपति बनेसँगै उनले जितेको निर्वाचन क्षेत्र   तनहुँ-१ रिक्त भएको छ ।  

तनहुँ-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि संविधानबमोजिम सो पद स्वतः रिक्त भएको हो।  

तनहुँ-१ सँगै चितवन-२ मा पनि प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको छ ।  

निर्वाचन आयोगले अब हुने उपराष्ट्रपतिको निर्वाचनपछि प्रतिनिधि सभा सदस्य उपनिर्वाचन गर्ने भएको छ । चितवन-२ र तनहुँ-१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको छ । 

अब हुने उपराष्ट्रपतिको निर्वाचनबाट पनि प्रतिनिधि सभा क्षेत्र रिक्त हुन सक्नेछ । त्यस्तो अवस्थामा आयोगले आगामी वैशाख १० गते नै चितवन, तनहुँ र सो क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । 

योसँगै तनहुँ १ उपनिर्वाचनको सरगर्मी बढेको छ ।  कांग्रेसले सभापति शेरबहादुर देउवालाई नै उम्मेदवार छान्न दिन निर्णय गरेको थियो । अन्य दलहरू भने यसबारे केही खुलेका छैनन् । 

आयोगले चितवन-२ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी वैशाख १० गते हुने निर्धारण गरिसकेको छ। चितवनको उपनिर्वाचनका लागि दल दर्तासमेत भइसकेको छ।  

सो क्षेत्रबाट रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ