arrow

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
malaysia3.jpg

मलेसिया ।  मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागका (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै खुद्रा व्यापार उप-क्षेत्रमा २१.७ प्रतिशतले वृद्धि भई ५९ अर्ब ६० करोड रिंगिट पुगेको जनाएको छ ।

यस्तै सवारी साधनको बिक्री २०.१ प्रतिशतले बढेर १५ अर्ब २० करोड रिंगिट पुगेको छ भने थोक व्यापार ३.१ प्रतिशतले बढेर ६० अर्ब ४० करोड रिंगिट पुगेको छ । 

यद्यपि, गत बर्षको डिसेम्बरको तुलनामा थोक र खुद्रा व्यापारको बिक्री मूल्य १.६ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।

 डिसेम्बरको तुलनामा सवारी साधन निर्माण क्षेत्रको बिक्री मूल्यमा १३.४ प्रतिशतले घटेको कारण थोक तथा खुद्रा कारोबारमा पनि कमी आएको देखिएको हो । 

सोमबार मलेसियाको १ रिङ्गिट बराबर ०.२२ अमेरिकी डलर कायम रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ