बंगलादेशले एक खेलअघि नै जित्यो इङ्गल्याण्डविरुद्धको टी–२० श्रृंखला
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
726
Shares
काठमाडौं । बंगलादेशले एक खेलअघि नै इङ्गल्याण्डविरुद्धको टी–२० क्रिकेट श्रृंखला जितेको छ । आज मिरपुरमा भएको दोस्रो खेलमा ४ विकेटको जित हासिल गर्दै बंगलादेशले तीन खेलको श्रृंखला २–० ले जितेको हो ।
इङ्गल्याण्डले पहिले ब्याटिङ्ग गर्दै ११७ रनमात्र बनायो । बेन डुकेटले २८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्न मेहन्दी हसन मिराजले ४ विकेट लिए ।