arrow

अमेरिका जाँदै मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
modi-biden-india-usa.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुनको तेस्रो साता अमेरिकाको राजकीय भ्रमणमा जाने भएका छन् । भ्रमणको मिति तय गर्न दुवै पक्ष कूटनीतिक वार्तामा जुटेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

मोदीले जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवसमा न्यूयोर्कको भ्रमण गर्नसक्ने र त्यसपछि बाइडेनसँग वाशिंगटनमा भेट गर्ने जनाइएको छ। ताथपि कुनै पनि पक्षले सार्वजनिक रूपमा यो भ्रमणको विषय स्वीकार गरेको छैन ।

'जुन २१ देखि २५ सम्म सम्भावित मिति दुवै पक्षले हेरिरहेका छन्, उपयुक्त समयमा घोषणा हुनेछ,' स्रोतलाई उद्धृत गर्दै वीअन्युजले लेखेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको टोलीले यस वर्षको अन्त्यमा मोदीलाई द्विपक्षीय शिखर सम्मेलनको लागि निमन्त्रणा दिएको बताइएको छ। 

भारतका प्रधानमन्त्री मोदीले इन्डोनेसियाको बालीमा भएको जी-२० राष्ट्रका लिडरहरुको शिखर सम्मेलनको साइडलाइनमा बाइडेनलाई पछिल्लो पटक भेटेका थिए। त्यहाँ दुवै लिडरले विश्वव्यापी र क्षेत्रीय घटनाक्रमबारे छलफल गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ