arrow

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथमा सभामुख सहभागी नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
poudel-dabamkjh.jpg
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ कार्यक्रममा सभामुख देवराज घिमिरे सहभागी नहुने भएका छन् । सभामुख घिमिरे आज बहराइन जाने भएकाले राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी नहुने भएका हुन् । 
 
सो कुराको जानकारी नवनिर्वाचित राष्ट्रपति पौडेललाई उनकै निवास पुगेर सभामुख घिमिरेले गराएका छन् । साथै नवनिर्वाचित राष्ट्रपति पौडेललाई  बधाई ज्ञापन गरेका छन् । 
 
सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ बैठकमा भाग लिन आज त्यसतर्फ जान लागेको नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराए । 
 
उक्त बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने ब्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
 
सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले उक्त बैठकका लागि नेपालका तर्फबाट सफलताको शुभकामना व्यक्त गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ