arrow

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पशुपतिनाथ पुगे पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
ramchandra-poudel-2079-11-2511.jpg

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक रामचन्द्र पौडेल पशुपतिनाथ मन्दिर पुगेका छन्।

 शुक्रबार बिहान नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका छन्।

आज बिहान नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिरको दर्शन र पूजाआजा गरेको उनको सचिवालयले जनाएको छ।

त्यसअघि उनी गुहेश्वरी मन्दिर पुगेका थिए ।

आजै राष्ट्रपति पौडेल सुन्दरी जल गएर बीपी संग्राहलय अवलोकन गर्ने र बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नेछन् ।

बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ