arrow

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले क-कसलाई भेटे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
deuba-ramchandra-poudel.jpg

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले तीन दलकका शीर्ष नेतासँग भेट गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग भेट गरेका छन् ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई धन्यवाद व्यक्त गरेको र प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले कांग्रेसका सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेका छन् । राष्ट्रपति पौडेलले देउवा निवास धुम्बाराही र नेपाल निवास कोटेश्वर पुगेर भेट गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ