arrow

वडाध्यक्षले गरे दुई करोडको जग्गादान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार

सिरहा । सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन् ।

सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले  सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताउनुभयो ।

‘‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु”, वडाध्यक्ष साहले भने, “अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ