सी भन्छन् –आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
701
Shares
तस्बिर – फाइल ।
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले चीनको १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहर सँग छलफलमा भाग लिँदै आइतबार उक्त टिप्पणी गरेका हुन् ।