arrow

निशा अधिकारीको अंशबण्डा मुद्दामा अदालतले दियो यस्तो आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
sarad-nisha(1).jpg

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबण्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो ।

अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेका छन् ।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन् । उनहरूबीच २०७४ सालमा विवाह भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ