ग्लोबल आईएमईको होली अफर : डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
877
Shares
काठमाडौँ। ग्लोबल आइएमई बैङ्कले मोबाइल बैङ्किङ एप्लिकेसन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने बैङ्कले जनाएको छ।
यस योजना अन्तर्गत २०७९ सालको होली पर्व अर्थात् फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत ग्राहकहरूले ‘जिआइबिएल–आफ्नो मन पर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१ सय ५० रुपैयाँसम्म) क्यासब्याक पाउने छन्।
बैङ्कले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ।
ग्लोबल आइएमई बैङ्क आफ्ना ग्राहकहरूलाई हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होली पर्व मनाउनका लागि समेत आग्रह गर्छ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कमा पहिलो बैङ्कले ३ सय ६४ शाखा कार्यालय, ३ सय ६३ एटिएम, ३२१ शाखा रहित बैङ्किङ सेवा, ६४ एक्सटेन्सनबाट सेवा प्रदान गर्दै आएको छ।