काठमाडौं । ४७ वर्षीया बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ । अभिनेत्री आफैले हृदयघात भएको खुलासा गरेकी हुन् ।
उनलाई एन्जियोप्लास्टी गर्नुपरेको पनि बताएकी छन् ।
हृदयघातपछि सुस्मिताले लेखेकी छिन्, ‘ केही दिन अघि मलाई हृदयघात भएको थियो । मेरो मुटु निकै बलियो भएको मेरो डाक्टरले बताएका छन् । समयमै सहयोग गर्नुहुने र आवश्यक कदम चाल्नुहुने सबैलाई हृदयदेखि धन्यवाद ।'
४७ मा पनि उनी सधैँ फिट हुन्छिन् । उनलाई बलिउडकै सबैभन्दा फिट अभिनेत्रीको रूपमा चिनिन्छ।