arrow

जी-२० का विदेश मन्त्रीहरूको बैठकमा मोदीले भने- विश्वव्यापी शासन असफल भयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
g20-india-g20-g-20.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बहुपक्षीय संस्थाहरू विश्वका सबैभन्दा ठूला चुनौतीहरूको सामना गर्न असफल भएको बताएका छन्। नयाँ दिल्लीमा जी-२० का विदेश मन्त्रीहरूको बैठकको उद्घाटन गर्दै मोदीले यस्तो टिप्पणी गरेका हुन्।

'विगत केही वर्षको अनुभव वित्तीय सङ्कट, जलवायु परिवर्तन, महामारी, आतङ्कवाद र युद्धले स्पष्ट रूपमा देखाउँदछ कि विश्वव्यापी शासन (ग्लोबल गभरनेन्स) असफल भएको छ,' मोदीले बैठकको उद्घाटन गर्ने क्रममा पहिलो नै रेकर्ड गरिएको भाषणमा भनेका छन्।

यस्तै उनले विश्वले युवा विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, अन्तर्राष्ट्रिय अपराध, आतङ्कवाद, खाद्य र ऊर्जा सुरक्षाका चुनौतीहरूलाई कम गर्न जी-२० लाई हेरेको बताएका छन्।

यस्तै मोदीले भारतले एक पृथ्वी, एक परिवार, एक भविष्यको विषयवस्तु चयन गरेको र यसका लागि उद्देश्य र कार्यको एकता आवश्यक रहेको बताएका छन्।

यस्तै मोदीले विश्व लिडरहरूलाई विभाजनकारी मुद्दाहरूमा साझा आधार खोज्न आह्वान गरेका छन्। भारतका विदेशमन्त्री एस जयशंकरले बिहीबार आफ्ना अमेरिकी, चिनियाँ र रुसी समकक्षहरूलाई भेट्ने कार्यक्रम रहेको थियो।

जी-२० का विदेशमन्त्रीहरुको बैठकमा युक्रेन मुद्दा केन्द्रित रहेको छ। यसअघि जी-२० का अर्थमन्त्रीहरूको बैठकमा युक्रेन युद्धलाई लिएर जारी वक्तव्यमा सहमति हुन सकेको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ