arrow

मट्टितेलको मूल्य ५० रूपैयाँ घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
kerosene-mattitel.jpg

कोलम्बो । श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैयाँ घटाइएको छ । श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका हुन् । 

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ । मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ ।    

औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ ।

सन् २०२२ मा घरेलु आर्थिक सङ्कटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टितेलमा अत्यधिक सहुलियत दिइएको थियो ।

सन् २०२२ को अगष्टमा सीपीसीले मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँबाट बढाएर ३४० रुपैयाँ र नोभेम्बर २०२२ मा ३६५ रुपैयाँ पुर्याएको थियो ।    जनवरी २०२३ मा यसको मूल्य घटाएर ३५५ भारु मा झारिएको थियो ।

श्रीलङ्काकामा मट्टितेल मुख्यतया आवासीय क्षेत्र र मत्स्य पालन समुदायहरूले प्रयोग गर्छन् ।

बुधबार श्रीलङ्कामा एक अमेरिकी डलर बराबर ३६२.८४ श्रीलङ्काली रूपैँया कायम गरिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ