arrow

टाटा कमर्सियल गाडीहरूको मेघा होली क्याम्प, छुटै छुटको बहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
sipradi-tata-mega-holi-camp-2079-2023.jpg

काठमाडौँ। नेपालीहरूको महान् पर्व होलीको अवसरमा सम्पूर्ण ग्राहकमा शुभकामना स्वरूप सिप्रदी टेडिङ्ग प्रालिले टाटा कमर्सियल गाडीहरूको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ।

फागुन १७ गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले एक विशेष समारोहबिच उक्त कार्यक्रमको सुरु गरेका हुनु।

कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले ग्राहकको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरूको सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको र उक्त सुविधाको भरपुर फाइदा उठाउन ग्राहकमा अनुरोध गरेका छन्।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरूको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशत देखी २२ प्रतिशतसम्मको छुट, टाटा जेन्यूइन आयलमा २५ प्रतिशत छुट, सर्भिस वुकिङ्ग गरेर आउने गाडीहरूलाई लेबर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ्ग सुविधा, र यस क्याम्पमा सहभागी हुने ग्राहकहरूका लागि अर्को चोटिको लागि पनि उही छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशाली ३ जान ग्राहकहरूलाई स्र्माट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूमा २०७९ फागुन १७ देखि २१ गते सम्म उक्त क्याम्प सञ्चालनमा रहने कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरूलाई सधैँ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरी सम्पूर्ण ग्राहकलाई आफूलाई पायक पर्ने सिप्रदीका कुनै पनि सर्भिस सेन्टरमा गई यस मेघा होली सर्भिस क्याम्पमा सहभागी हुन अपिल समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ