arrow

बलात्कार आरोपी सन्दीपको मुद्दा मल्ल र चुडालको इजलासमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
sandeep-lamichhane-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार अभियुक्त क्रिकेट खेलाडी सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको निवेदन र सन्दीपलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेश बदरको माग गर्दै परेको पुनरावलोकनसम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हुने भएको छ । 

अग्राधिकार दिइएका कारण उक्त इजलासको एक नम्बरमा पेसी  तोकिएको छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । 

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो । यता पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले निवेदन पेस गरेको थियो । सन्दीप र महान्यायाधीवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आज संयुक्त सुनुवाइ हुन लागेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ