कपिलवस्तुले गर्यो पत्रकारदेखि कलाकारसम्मलाई सम्मान
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
1.8k
Shares
कपिलवस्तु । राष्ट्रिय दलित पत्रकार सङ्घ कपिलवस्तुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेको छ । शनिबार तौलिहवामा सम्पन्न दोस्रो अधिवेशनमा पत्रकार, कलाकार, अधिकारकर्मीहरूलाई लगायतलाई सम्मान गरिएको हो ।
विषे नगर्ची पुरस्कारबाट नगद रु.१० हजार सहित राम बहादुर गन्धर्व, उदयमान पत्रकारिता पुरस्कारबाट दीपिका सुनार नगद रु.८ हजार र समावेशी पत्रकारिता पुरस्कारबाट नगद रु.५ हजार सहित खगप्रसाद चापागाईँ र शनिउल्लाह धोबी सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अनुशासन विभागका सदस्य समेत रहेका हित खगप्रसाद चापागाईँले आफूले प्राप्त गरेको सम्मान रकममा ५ हजार थप गरी ब्रेन ट्युमरबाट पीडित अग्रज पत्रकार शीतल आचार्यलाई नगद रु. १० हजार सहयोगको घोषणा समेत गरेका छन् । यस्तै दलित अधिकारकर्मी, कलाकार, वडाध्यक्ष लगायतलाई समेत सम्मान गरिएको थियो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादव, विशिष्ट राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडी, केन्द्रीय सचिव रिता बुढाथोकी, राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार लगायतले सम्मान पत्रसहित सम्मान गरेका हुन् ।