arrow

चीनको बैंकिङ क्षेत्रका अर्बपति बाओ फ्यान गायब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
Bao-Fan-china-jack-ma.jpg

काठमाडौं। हाईप्रोफाइल व्यक्तिहरु विभिन्न विषयमा बेपत्ता हुने क्रममा चीनमा पछिल्लो पटक सबैभन्दा हाई प्रोफाइल अर्बपति बैंकर मध्येका एक बेपत्ता भएको उनको कम्पनीले जनाएको छ ।

चाइना रेनेसान्स होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाओ फ्यान पछिल्ला दिनहरुमा सम्पर्कमा नआएको कम्पनीले बिहीबार जनाएको हो।

बाओ चीनका एक अग्रणी डिल ब्रोकर हुन् । यिनका ग्राहकहरूमा शीर्ष टेक कम्पनीहरू दिदी र मीटुआनसमेत रहेका छन् । उनको फर्म चाइना रेनेसान्स होल्डिङ्सको यस्तो घोषणाले वित्त र प्राविधिक क्षेत्रका व्यक्तिहरुमाथि बेइजिङको सम्भावित क्र्याकडाउनको चिन्ताका साथ हेरिएको छ ।

कम्पनीले शेयरधनीहरूलाई बाओ फ्यान सम्पर्कमा आउन नसकेको बताएपछि शुक्रबार यसको शेयरमा भारी गिरावट आएको छ।

बोर्डले बाओ सम्पर्कविहीन हुनु कम्पनीको व्यवसाय वा अपरेशनसँग सम्बन्धित भए नभएको भने थाहा हुन नसकेको जनाएको छ।

बाओ कति समयदेखि बेपत्ता थिए भन्ने कम्पनीले कुनै जानकारी दिएको छैन। चिनियाँ बिजनेस न्यूजवायर काइक्सिनले स्रोतलाई उद्धृत गर्दै कम्पनीका कर्मचारीले दुई दिनदेखि उनलाई सम्पर्क गर्न नसकेको उल्लेख गरेको छ।

न्यूजवायर काइक्सिनले यस फर्मका अध्यक्ष कङ्ग लिनलाई चिनियाँ सरकारी स्वामित्वको आईसीबीसी बैंकमा गरिएका अघिल्ला कामहरुलाई लिएर गत सेप्टेम्बरमा अधिकारीहरूले लगेको बिषय समेत उल्लेख गरेको छ।

फोर्ब्स म्यागजिनका अनुसार कम्युनिष्ट पार्टीसँगको दौडपछि विगतका केही वर्षहरूमा कम्तीमा आधा दर्जन अर्बपतिहरू केही समयावधिका लागि बेपत्ता भएका छन्।

यसअघि विश्वकै प्रभावशाली अर्बपति ज्याक मासमेत केही सरकारी नीतिको आलोचना गरेको आरोप लागेपछि केही समयको लागि बेपत्ता भएका थिए। तथापि याे घटनाकाे बारेमा अहिलेसम्म कुनै थप जानकारी बाहिरिएकाे छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ