जनजीविकाका विषय समेटेर जनमोर्चाले बुझायो प्रचण्डलाई ज्ञापनपत्र
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
1.9k
Shares
काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । शुक्रवार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर जनमोर्चाका अध्यक्ष केसीलगायतले ज्ञापन पत्र बुझाएका हुन् ।
केसीको नेतृत्वमा गएको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको जनमोर्चाले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।