arrow

सेवाग्राहीको अनुमति बिना दिएको सेवामा शुल्क लिए बैंकले १० प्रतिशत थपेर दिनुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
banking-technology.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अनुमति बिना सेवा शुल्क लिए १० प्रतिशत थपेर सेवाग्राहीलाई दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले अनुमति बिना सेवाग्राहीसँग सेवा शुल्क लिएमा सो सेवा शुल्कमा १० प्रतिशत थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको हो । 

सेवाग्राहीले माग नगरेको सेवा दिएर शुल्क लिएमा बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनु पर्ने राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति बिना सेवा दिएर शुल्क लिएमा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा गुनासो गर्न मिल्ने व्यवस्था गर्न र दर्ता गरिएको गुनासो सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइलाई जानकारी गराउनसमेत आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ